सुसमाचारको अर्थ, सरल रूपमा, “असल खबर“ भन्ने हुन्छ । संसारमा धेरै थरिका सुसमाचारहरू छन् जसले मानिसहरुलाई सुसमाचार घोषणा गर्छन्, र यी सुसमाचारहरू जुनसुकै संख्यामा आउँछन् – धन र शक्तिको सुसमाचारदेखि स्वास्थ्य र सौन्दर्यको सुसमाचारसम्म । यद्यपि यी सुसमाचारहरूले मानिसजातीको सबैभन्दा आधारभूत समस्यालाई सम्बोधन गर्दैनन् – पाप र दोषको समस्या; अर्थात्, आत्मिक मृत्युको समस्या ।

सरल भाषामा भन्नुपर्दा, सुसमाचार येशू ख्रीष्टको बारेमा हो । यो असल समाचार हो किनभने, यो विना, हामी एक पवित्र र न्यायी परमेश्वरको सामु उहाँको क्रोधको योग्य पापीको रूपमा दोषी ठहरिन्छौं, । परमेश्वरको सिंहासनमा यशैयाको दर्शनमा, सेराफिम (स्वर्गीय प्राणीहरू) एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिएः
“सर्वशक्तिमान् परमप्रभु, पवित्र,
पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी
उहाँको महिमाले भरिपूर्ण छ । “यशैया, परमेश्वरको उपस्थितिमा, निराशमा चिच्याएः मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु ।” (यशै. ६ः३,५)

तैपनि, परमेश्वरको सिद्ध पवित्रतामा—र यो सुसमाचार हो —परमेश्वरले, उहाँको खुशीमा, पापीहरूलाई उहाँको पुत्र येशू ख्रीष्टद्वारा आफूसँग मिलापको बाटो बनाउनुभएको छ । यूहन्ना ३ः१६–१७ भन्छ,
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो ।

येशू ख्रीष्टले धार्मिकताको जीवन जिउनुभयो र त्यसपछि उहाँका मानिसहरूको निम्ति रोमन क्रुसमा भयानक मृत्यु भोग्नुभयो । “ हामी सबै भेड़ाझैँ बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ ।’’ (यशैया ५३ः६)। यसरी, येशू ख्रीष्टले परमेश्वरको पवित्र र न्यायोचित मागहरुलाई पूरा गर्नुभयो । ख्रीष्टको कामलाई प्रमाणित गर्दै परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौरिउठाउनुभयो ।

पापीहरूलाई पश्चात्ताप गर्न र सुसमाचारमा विश्वास गर्न र मुक्तिको लागि ख्रीष्टमा विश्वास गर्न बोलाइएको छ । पापीहरूले येशू ख्रीष्टमा मात्र विश्वासद्वारा परमेश्वरबाट मुक्तिको यो निःशुल्क उपहार पाउँछन् र यसरी परमेश्वरसामु धर्मी ठहरिन्छन । रोमी १०ः९–१३ ले भन्छ,

किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास ग¥यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
धर्मी ठहरिएपछि, विश्वासीहरुलाई पवित्र आत्माद्वारा उहाँसामु “जिउँदो बलिदान” को रूपमा जिउन बोलाइएको छ, किनभने तिनीहरू अब आफ्नै होइनन्, तर “मूल्य तिरी किनिएका“ हुन (रोमी १२ः१; १ कोरिन्थी ६ः२०) । जसरी परमेश्वरले येशू ख्रीष्टलाई बौरिउठाउनुभयो, त्यसरी नै उहाँमा विश्वास गर्ने विश्वासीहरु आफ्नो शरीरको पुनरुत्थानको पर्खाइमा छन्, ख्रीष्ट नयाँ सृष्टिको “पहिलो फल“ हुनुहुन्छ (१ कोरिन्थी १५ः२०)।

अन्ततः, यो तिनीहरूको आशा हो– कि परमेश्वरले येशू ख्रीष्टको काममा र उहाँका सन्तहरूको निरन्तर पवित्रीकरणमा “सबै कुरा नयाँ बनाउने“ काम सुरु गर्नुभएको छ (प्रकाश २१ः५)। तिनीहरू नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छन् जहाँ कुनै पाप, पीडा वा दुःख हुनेछैन (प्रकाश २१ः४)।

थप सुसमाचारको बारेमा बुझ्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top